तपाईँ सुन्दै हुनुहुन्छः

बेनी–जोमसोम सडक अन्तरगत भुरुङ तातोपानी खोलामा राखियो बेलिव्रिज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ स्थित भुरुङ खोलामा बेलिव्रिज पुल राखिएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत भुरुङमा बाढीले कल्भर्ट पुल बगाएपछि ३० मिटर लामो बेलिव्रिज राखिएको हो ।

बेनी– जोमसोम–कोरला सडक योजना योजना प्रमुख जगत प्रजापतिले एक हप्ताको समयमा ३० मिटर लामो पुल निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बेलिब्रिज ३० लाख निर्माण भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button