तपाईँ सुन्दै हुनुहुन्छः

सडक कालोपत्रे नभएसम्म याङ्ग्री र लार्केको पानी लैजान नदिने पालिका अध्यक्षको चेतावनी

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पालिकाका मुख्य-मुख्य सडक कालोपत्रे नगरेसम्म याङ्ग्री र लार्केको पानी लैजान नदिने चेतावनी दिनुभएको छ । उहाँले तेह्रौँ गाउँ सभामा संघ र प्रदेश सरकारले बजेट विनियोजनमा उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सघं सरकारले ५० प्रतिशत बजेट कटौती गरेर पठाएको उल्लेख गर्दै अध्यक्ष लामाले आन्तरिक आयस्रोत नभएको पालिकालाई यसले ठुलो चुनौती थपिएको बताउनुभयो । लामाले स्थानीय सरकारलाई उपेक्षा गरेर समृद्धिको सपना देख्न नहुने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले स्वास्थ्य, शिक्षा लगायत सामाजिक विकासका क्षेत्रमा मूल प्राथमिकता सहित प्रस्तुत नीति कार्यक्रम अनुसार प्राथमिकता क्षेत्र निर्धारण गरि बजेट प्रस्तुत गर्नुभयो । सार्वजनिक सेवाको प्रभावकारिताको लागि सुशासनयुक्त पालिका निर्माण, कृषि, पर्यटन र दिगो पूर्वाधार विकासमा बजेट केन्द्रित रहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँसभाले विनियोजन विधेयक, आर्थिक विधेयक समेत पारित गरेको छ ।

पाँचपोखरी गाउँपालिकाले सङ्घीय सरकारबाट वाट ४२ र प्रदेश सरकारबाट ९ करोड बाँकी पालिकाको अन्य आय समेत गरी ५५ करोडको बजेट प्रस्तुत गरेको हो ।

मेलम्ची खानेपानी अन्तरगत यो गाउँपालिकाबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौँ पुग्ने यस आयोजना सन् २०२४ बाट सुरु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button