‘कम्युनिष्ट पार्टीहरूबिच एकता आवश्यक’
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा रहेका कम्युनिष्ट पार्टीहरूबिच एकता हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा समाजवादीका सम्मानित नेता खनालले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक सङ्कट बढ्दै गएकोले कम्युनिस्टबिच एकता आवश्यकता रहेको बताउनुभयो ।
आगामी दिनमा संस्कृतिक सङ्कट निम्तिनेतर्फ सचेत हुन आग्रह गर्दै उहाँले भन्नुभयो, “बितेका तीन चार वर्षको बीचमा गाउँ–गाउँमा डरलाग्दो ढङ्गले धर्म परिवर्तन र चर्चका भवन बनिरहेका छन्, हाम्रा सामु सांस्कृतिक सङ्कट डरलाग्दो ढङ्गले बढेको छ ।” गाउँगाउँमा चर्चका भवन निर्माण भइरहेकोप्रति जिज्ञासा राख्नै उहाँले भन्नुभयो, “साढे आठ हजार चर्च कसरी बने ? नेपालमा हिन्दुको लागि कोष छ, बुद्धिस्टको लागि कोष छ तर, क्रिश्चियनका छैन तर पनि संरचना बनेको बन्यै छन् कसरी ?”








प्रतिक्रिया राख्नुहोस्