तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक  भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी  निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button