अनिलकेशरी शाह रास्वपामा प्रवेश

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नु भएको छ ।
पार्टी सभापति लामिछानेले शाहलाई रास्वपाको लोगो लगाएर जिम्मेवारी प्रदान गर्नु भएको हो । शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्थ्यो ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी शाहलाई दिएको हो । बिहीबार दिउँसो १ बजेदेखि ५ बजेसम्म नयाँ केन्द्रीय कार्यालयमा रास्वपाले चियापान कार्यक्रम पनि राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्