तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा चाइनाबाट सफल उडान भएसँगै अब नियमित उडान गर्न माग 

पोखरा । पोखरामा चाइनाबाट सफल उडान भएसँगै अब नियमित उडान गर्न माग गरिएको छ । पोखरामा सञ्चालनमा आएको करिब ६ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा (चार्टर्ड) अन्तर्राष्ट्रिय हवाई उडान भएसँगै यसलाई अब नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग गरिएको हो । 

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहमा वक्ताहरूले पोखरामा चार्टर्ड मार्फत सफल परिक्षण भएसँगै अब चाइनाको विभिन्न सहरहरूसँगको समन्वयमा पोखरामा अन्तर्राष्ट्रिय रुपमा नियमित उडान गर्नु पर्ने पोखरेलीहरूले माग गर्नु भएको छ । 

गत पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन गर्नु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय हवाई फ्लाइट नभएको हुँदा यदि चिनिया विमान आउनु नै पोखराको लागि ठुलो उपलब्धि हुने भएको पोखरेलीले बताए । पोखरामा कोरोना पछि चिनिया पर्यटक घटेको सन्दर्भमा पोखरामा चाइनाबाट पहिलो अन्तर्राष्ट्रिय हवाई उडान हुनुले पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानको लागि बाटो खुलेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । 

पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान भएको खण्डमा पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुने उहाँले बताउनु भयो । उक्त कार्यक्रमलाई निरन्तरता दिँदै चिन र पोखरा बिचको हवाई उडान नियमित रुपमा सञ्चालन गरेको खण्डमा पोखरामा चिनिया पर्यटक आगमनमा वृद्धि हुने उहाँले दाबी गर्नु भयो । 

यही असार ८ र ९ गते पोखरामा आयोजना हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी हुन आएका खेलाडी सहितका पाहुनाहरूको लागि पोखरामा पन्चे बाजा सहित बुधबार स्वागत गरिएको छ । फेष्टिभलमा सहभागी हुन चाइनाबाट एक टोली चाइनाको छेन्दुबाट ए ३१९ नम्बर सिचुवाङ एयरलाइन्स कम्पनीको जहाज करिब २ घण्टा ५८ मिनेटमा आएको हो । चाइनाको समय अनुसार बिहान ८ः१३ बजे नेपाली समय बिहान ६ः०२ बजे उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वबाट पश्चिम तर्फ अवतरण गरेको हो । १ सय ३१ सिटे उक्त जहाजमा चालक दलका १२ जना र ८४ जना यात्रु सहित ९६ जना सवार हुनु भएको थियो । चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर अर्थात् नेपाली करिब २२ अर्ब सहयोगमा विमानस्थल निमार्ण गरेको हो । 

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइड एशोसियशन तथा अन्य संस्थाहरूसँगको सहकार्यमा नेपाल–चीन फ्रेन्डसीप डागन बेट रेस फेस्टिभलमा आठ टिम बिच प्रतिस्पर्धा हुने भएको हो ।

नेपाल र चीनबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले सहित फेस्टिभल आयोजना गर्न लागेको जिनले जनाएको छ । नेपालमा आयोजना गर्न लागिएको यो फेस्टिवन दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको दाबी गरिएको छ । प्रतियोगिताका लागि चीनबाट केरुङ नाका हुँदै आठ वटा विशेष खालका बोट जेड तेस्रो साता पोखरा ल्याई पोखरामा सफल परिक्षण भएको छ । 

फेस्टिभलमा नेपालका सातै वटै प्रदेश र चीनका गरी १२० जना प्रतियोगीहरू सहभागी हुनेछन् । बोट रेशमा २ सय र ५ सय मिटरमा गरी दुइटा सेगमेन्टमा ८ वटा बोट रेश हुनेछ । विजेतालाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । पुरस्कारको लागि नगद ३० लाख खर्च हुनेछ । रेश सँगै दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समेत गरिने भएको छ । 

डेढ महिनामै नियमित रुपमा पोखरामा अन्तर्राष्ट्रिय उडानको पहल गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक देखि डेढ महिना भित्र पोखरामा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान गर्न निर्देशन दिनु भएको छ । आर्टर्ड मार्फत सुरुको उडान भएको खुसि मान्दै गर्दा यसलाई नियमित नगरी पुनः ६ महिना पछि अर्को चार्टर्ड गरेर मात्र यस क्षेत्रको विकास नहुने उहाँले बताउँदै यसलाई नियमित रुपमा हवाई उडान गर्न सरोकारवाला निकायलाई निर्देशन दिनु भएको हो । पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्नुका साथै पोखरा विमानस्थलको ऋण तिर्न पनि अब सरोकारवाला निकाय तथा जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई एक देखि डेढ महिना भित्र अन्तर्राष्ट्रिय हवाई उडान गर्ने वातावरण सृजना गर्नुपर्ने उहाँको भनाई थियो । 

चिनिया टोलीसँगै चीनबाट पोखरा आउनु भएको अध्यक्ष तिमिल्सिनाले पोखरामा अब नियमित रुपमा चीनका विभिन्न प्रान्तबाट हवाई उडान गर्न चार्टर्ड हवाई उडानले बाटो खुलेको बताउनु भयो । पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न कानूनी समस्या भएको खण्डमा आफूहरूले सहजीकरण गर्न तयार रहेको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न सके मात्र गण्डकी प्रदेश र प्रदेशको राजधानी पोखराको पर्यटन प्रबद्र्धन हुने उहाँले विश्वास व्यक्त गर्नू भयो । चिनिया नाकामा भन्सार कार्यालय स्थापना गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । अन्तर्राष्ट्रिय हवाई उडानको लागि आवश्यक पूर्वाधार निर्माण सहित पर्यटकहरू नेपाल आउने उपयुक्त वातावरण सृजना गर्न नसके दिगो रुपमा हवाई उडान गर्न नसकिने अध्यक्ष तिमिल्सिनाले दाबी गर्नु भयो । 

यसैबिच, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भएको बताउनु भयो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पनि आन्तरिक उडान हुन नसकेकोमा अवस्थामा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुनुले पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटकीय विकासका लागी सफल सुरुवात भएको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताउनु भयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चिनिया सरकारले खेलेको सकारात्मक पहलको उच्च सम्मान गर्दै विमानस्थल निर्माण देखि अहिले सम्म अहोरात्र खटिएर यो अवस्थामा ल्याइ पुर्‍याउन सहयोग गर्नु हुने सबैमा उहाँले धन्यवाद दिनु भएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय तहबाट पोखरा महानगर, प्रदेश सरकार, सङ्घीय सरकार र सरोकारवाला निकाय र विभिन्न एयरलाइन्स कम्पनीहरूको संयुक्त प्रयासले अब पोखरामा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडनको लागि पहल गर्नु बताउनु भयो । मित्र राष्ट्रहरूबाट पोखरामा अन्तर्राष्ट्रिय सिधा हवाई उडान गर्न उहाँले आव्हान गर्नु भयो । चिनिया पर्यटकहरूलाई प्रदेश राजधानी पोखरामा स्वागत गर्दै पोखरा र चीनको हवाई मार्गबाट जोडेर यस क्षेत्रको पर्यटन प्रबद्र्धन हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । सबैको प्रयासबाट पोखरा विमानस्थललाई अन्तिम बिन्दुमा पुर्‍याउन सकिने  मुख्यमन्त्री पाण्डेले बताउनु भयो । 

पोखराका मेयर धनराज आचार्यले पोखरामा पहिलो पटक हुने बोट रेसलाई आगामी बर्ष पनि निरन्तर रुपमा आयोजना गर्न सके पोखरा र चाइना बिचको पर्यटन प्रबद्र्धन गर्ने अर्को गतिलो माध्यम हुने बताउनु भयो । 

नेपालस्थित चिनिया राजदूत वाङ सिनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको बताउनु भयो । नेपाली पक्षले बीआरआई अन्तर्गत कुनै पनि परियोजनामा सम्झौता नभएको दाबी गरिएको छ । पोखरामा अन्ततः ढिलै भए पनि आफूहरूले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेको नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button