बाढी पहिरो पीडितको उद्धार र राहतलाई तीव्रता दिन सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमाथिको छलफल जारी छ ।
बैठकको शून्य समयमा सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले चितवन राष्ट्रिय निकुञ्ज छेउका बस्ती जङ्गली जनावरको आक्रमणबाट त्रसित भएको, जन्मसिद्ध आमाबाबुका सन्तानलाई नागरिकता दिनुपर्ने, मौलिक हकको कानुनी व्यवस्था चाँडो गर्नुपर्ने, बाढी पहिरोबाट पीडितको उद्धार र राहतलाई तीव्रता दिनुपर्ने, लगायतका माग राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठकले हिजो सवारी दुर्घटनामा परी निधन हुनु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्