तपाईँ सुन्दै हुनुहुन्छः

संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सम्बन्धी विधेयकमाथिको छलफल छिटै सक्ने समितिको तयारी

काठमाडौँ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले संघ, प्रदेश, र स्थानीय तहबीच अन्तरसम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि प्रदेशस्तर र बीज्ञहरुसँग भएकोे छलफलका आधारमा प्रतिवेदन तयार पारेको छ ।

समितिले आज राजनीतिक दलका प्रतिनिधि तथा सम्बद्ध पक्षहरुसँग उक्त प्रतिवेदन प्रस्तुत गर्दै सबै पक्षबाट सुझाव अनुसार दफावार छलफल गरेर एक हप्ताभित्र विधेयक पास गर्ने जानकारी गराएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा संघ प्रदेश र स्थानीय तहले गर्ने बिकास निर्माणको काम, बजेट आदि बिषयमा राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषदको गर्ने छुट्टाछुट्टै अधिकार क्षेत्र अनुसार कामको प्रस्ताव गरिएको छ ।

प्रस्तवेदनमा राष्ट्रिय समन्वय परिषद्मा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले मनोनयन गरी पठाएको संघीय संसदको प्रतिनिधि समेत सदस्य रहने नयाँ व्यवस्था थप गर्ने प्रस्ताव गरिएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button