बेलौरी बजारबाट लागु औषधसहित दुई जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी बजारबाट लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ बेलौरी बजारबाट कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउ बस्ने १८ वर्षीय दीपेन्द्र राना र सोही ठाउँ बस्ने १८ वर्षीय विमल रानालाई शङ्का लागी चेकजाँच गर्दा विमल रानाको साथबाट ८.६० ग्राम लागु औषध (खैरो हेरोइन) फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त लागु औषध खैरो हेरोइन सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्