तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । 

उहाँका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको छ । 

राष्ट्रपति पौडेल शनिबार बिहानदेखि सो अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button