तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा शान्ति अभियानको नेतृत्व गर्दै रूसमा, युद्धरत पक्ष आफ्नै अडानमा

मस्को। अफ्रिकी प्रतिनिधिमण्डलको नेतृत्वमा भएको वार्ताको पूर्वसन्ध्यामा दक्षिण अफ्रिकाका राष्ट्रपति शनिबार रूसको सेन्ट पिटर्सबर्ग आइपुग्नुभएको छ ।

अफ्रिकी नेताहरूले द्वन्द्वका कारण उत्पन्न आर्थिक मन्दीका कारण अफ्रिकामा खाद्य असुरक्षा बढेपछि आफ्ना मुद्दाहरूलाई सुनाउने प्रयास गरिरहेका छन् ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको रचनात्मक छलफलपछि रूसको सेन्ट पिटर्सबर्गमा आएको दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

प्रतिनिधिमण्डलले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग १६ महिना लामो द्वन्द्व अर्थात् विनाशकारी आर्थिक प्रभाव, जनधनको क्षति र विश्वव्यापी अस्थिरताको अन्त्यका लागि शान्तिको मार्ग खोज्न भेट्नेछ ।

यस अभियानमा रामाफोसा, सेनेगलका म्याकी सल, जाम्बियाका हाकाइन्दे हिचिलेमा र कोमोरोसका अजाली असौमानी सहभागी रहेका छन् ।

युगाण्डा, इजिप्ट र कङ्गो–ब्राजाभिलका नेताहरूले अन्तिम समयमा भ्रमणमा आफ्ना प्रतिनिधिहरू पठाएका छन् ।

कीभ र मस्को दुवैले युद्धभूमिमा विजय हासिल गर्न सक्नेमा उनीहरू विश्वस्त रहेको देखाउने गरेका विश्लेषकहरूले एएफपीसँगको कुराकानीमा बताएका छन् ।

रामाफोसाले अघिल्लो दिन कीभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “शान्ति अभियान सफलताका लागि कीभ र मस्को दुवैले दुवै पक्षबाट तनाव कम गर्नेपर्ने हुन्छ ।”

तर जेलेन्स्कीले प्रतिनिधिहरूसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त सम्भावनालाई अस्वीकार गर्नुभएको थियो ।

“मैले हाम्रो बैठकमा धेरै पटक स्पष्ट रूपमा भनेको छु कि रूससँग कुनै पनि वार्तालाई अनुमति दिनु, हाम्रो भूमिमा रहेको अतिक्रमण स्थिर रूपमा स्वीकार गर्नु हो,” उहाँले भन्नुभयो ।

उक्त अवसरमा रामाफोसाले भन्नुभएको थियो, “हाम्रो विचारमा दुवै देशले भनेका कुरा ध्यानदिएर सुन्नु जरुरी छ र हामी यो कुरा रूसी राष्ट्रपति पुटिनलाई पनि सुनाउने छौ र उहाँका कुरा सुन्नेछौं ।”

कीभको भ्रमण सहज रूपमा सुरु हुन सकेको थिएन ।

उनीहरूको आगमनको केही समयपछि कीभमा हवाई आक्रमणको साइरन बजेको थियो । जेलेन्स्कीले पुटिनले या त आफ्नो सेनालाई नियन्त्रण गरेनन् वा आक्रमणका लागि ‘तर्कहीन’ थिए भन्ने देखाएको बताउनुभएको थियो ।

रामाफोसाले सैन्य आक्रमण र प्रत्याक्रमणलाई दुवै पक्षले युद्ध रोक्न आवश्यक छ भन्ने प्रमाणको रूपमा लिनुभएको थियो ।

कीभले हालै सुरु गरेको प्रतिआक्रमणलाई दवाब दिइरहेका र दुवै पक्ष युद्धभूमिको घटनाक्रममा केन्द्रित भइरहेका बेला पनि प्रतिनिधिमण्डल आएको हो ।

पुटिनका रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनमा ‘रुसी सेनाको आवश्यकता पूरा गर्न’ थप ट्यांक निर्माण गर्न आह्वान गर्नुभएको छ ।

कीभले शुक्रबार साँझ ‘दक्षिणमा हाम्रा एकाइहरू लडिरहेका सबै क्षेत्रहरूमा व्यावहारिक रूपमा’ सामरिक सफलताहरू भएको बताउनुभएको छ ।

शुक्रबार सेन्ट पिटर्सबर्ग इकोनोमिक फोरममा बोल्दै रूसी राष्ट्रपति पुटिनले वार्ताका लागि खासै चासो देखाउनु भएन ।

पुटिनले भन्नुभयो, “मलाई लाग्छ कि युक्रेनको सशस्त्र बलले दक्षिण वा अन्य दिशामा कुनै मौका पाउने छैन । यसमा मलाई कुनै शङ्का छैन ।”

शान्तिका अभियानको नेतृत्व गरेका अफ्रिकी नेताहरूले ‘सन्तुलित धारणा’ अघि सारेको रूसी नेता पुटिनले बताउनुभएको रूसी पत्रकारहरूसँग बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पुटिनले भेटमा आफु ‘रचनात्मक वार्ता’का लागि खुला रहेको बताउनुभएको रूसी समाचार संस्था तासले जनाएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button