लोकसेवा आयोगको विश्वासलाई कायम राख्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगप्रति हालसम्म रहिआएको जनविश्वासलाई कायम राख्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।
लोकसेवा आयोगको ७३ औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले जनतालाई सहज रुपमा सेवा दिने निजामतीलगायत क्षेत्रका कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको र यसलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

समारोहमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी भर्ना र छनोटको कार्यलाई थप वस्तुनिष्ठ, समसामयिक र विश्वसनीय बनाउन रणनीति योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तर पुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन कार्यदलको सुझावको आधारमा प्रणालीगत विकास गरिएको समेत बताउनुभयो ।
कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरू, आयोगका पूर्व अध्यक्षहरू, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्