तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेको छ ।

छलफलमा सांसदहरु दामोदर भण्डारी, बलराम अधिकारी, बसन्त कुमार नेम्वाङ र प्रेम सुवालले  खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो । 

यसअघि, शून्य समयमा सांसद्हरुले शिक्षक र स्वास्थ्य कर्मीमाथि हुने दुव्र्यबहारको अन्त्य गर्नुपर्ने, नागरिकता विहीन नागरिकलाई नागरिकता दिनुपर्ने, महिला माथि हुने हिंसाको अन्त्य गर्नुपर्ने राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाजअनुसार लगाइएका शृङ्गार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गर्नुभयो । 

सांसदहरुले बर्षायाममा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तत्काल जोखिमयुक्त क्षेत्रमा तटबन्ध लगाउनुपर्ने, धर्नामा रहेका विद्यालयका कर्मचारीको माग सम्बोधन गर्नुपर्ने, विभिन्न आयोजनामा भएका अनियमितताको छानबिन हुनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले बजेट शीर्षकहरूमाथि धारणा राख्ने क्रम जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button