तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा पूर्ण कम्प्युटराइज प्रयोगशालाको शुभारम्भ

जनकपुरधाम । जनकपुरधाममा गुणस्तरीय प्रयोगशालाको अभाव भइरहेको वेलामा जनकपुरधामको अस्पताल रोडमा नै मंगलम् डाइग्नोष्टिक सेन्टर आजबाट सञ्चालनमा आएको छ । 

प्राध्यापक डा. आमरनाथ ठाकुरले सञ्चालन गर्नु भएको सो सेन्टरमा क्यान्सर रोगको किमो परीक्षणको काम हुने भएको छ । वरिष्ठ प्याथोलाजिष्ट समेत रहनु भएका प्राध्यापक डा. ठाकुर भारतको नयाँ दिल्लीमा रहेको एम्सवाट एमडि गर्नुभएको छ । 

यसै क्षेत्रमा रहेर २७ वर्षको अनुभव हाँसिल गर्नु भएका प्राध्यापक डा. ठाकुरले रोगको पहिचान तथा निदानका लागि प्रयोगशालाको रिपोर्ट सही हुन आवश्यक भएकाले पूर्णरुपमा कम्प्युटराइज प्रविधिद्वारा नमूनाको परीक्षण गरिने भएकाले सही रिपोर्ट आउने भएकाले यसले बिरामीको उपचारमा मद्दत पुग्ने भएको छ । 

सुपथ मूल्यमा प्रयोगशालाको जाँच गर्नुका साथै परीक्षणलाई पुन:परीक्षण गरेर मात्र बिरामीलाई रिपोर्ट दिने भएकाले रोगको पहिचान तथा उपचारमा ठूलो मद्दत पुग्ने आशा गरिइएको छ । प्रयोगशालामा क्यान्सर रोगको परीक्षणका साथै हार्मोन, डि एन ए, एम आई भि, हेपाटाइटिसको सबै चेक गरिने डा ठाकुरले बताउनुभयो । 

प्रयोगशालाले नवीनतम् परीक्षणको व्यापकता, न्यूनतम समयमा नतिजा, न्यून शुल्क, मैत्रीपूर्ण वातावरण, पारदर्शी कार्यप्रणाली,पूर्ण वातानुकूलित सेन्टरका साथै रिपोर्ट इमेल, वेभसाईट तथा ह्वाटस्यापमा पनि उपलब्ध गराइने भएको छ । 

जानकी मन्दिरका मूलमहन्थ रामतपेश्वर दास वैष्णवले प्रयोगशालाको उद्घाटन गर्नु भएको छ । विशेष पूजापाठको आयोजना गरेर उद्घाटन गर्दै महन्थ दासले जुनसुकै रोगको परीक्षण यसै प्रयोगशालाबाट हुने भएकाले यसबाट आम जनतालाई ठूलो राहत मिल्ने आशा व्यक्त गर्नुभयो । 

महन्थ दासले जनकपुरधाममा गुणस्तरीय प्रयोगशाला नहुँदा यस क्षेत्रका जनता निक्कै मारमा पर्ने गरेकाले खोल्नका लागि पटक पटक डा. ठाकुरलाई आग्रह गर्दै आएकोमा बल्ल खुलेकोमा खुशी व्यक्त गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button