तपाईँ सुन्दै हुनुहुन्छः

बस्तीमा प्रवेश गरेको हरिणलाई गाउँपालिकामा बुझाइयो

वीरगंज । पर्सा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको हरिणलाई आज सेढवाका स्थानीयवासीले नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा बुझाएका छन् । 

पर्साको जिराभवानी गाउँपालिका वडा नं. २ सेढवा प्रवेश गरेका दुईवटा हरिणमध्ये एउटालाई नियन्त्रणमा लिइएको हो । बस्ती प्रवेश गरेका हरिणलाई कुकुरले लखेटेका थिए । 

सोही समयमा एउटा हरिणलाई स्थानीयले नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा बुझाएका हुन् । अर्को भने कुकरले लखेटेपछि .गाउँभन्दा पूर्वतर्फ भागेको स्थानीय बासिन्दाको भनाइ छ । 

नियन्त्रणमा लिइएको हरिणलाई गाउँपालिका कार्यालयमा राखिएको र डिभिजन वन कार्यालयका कर्मचारीको जिम्मा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button