तपाईँ सुन्दै हुनुहुन्छः

स्कारपियोको ठक्करले एकको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

Exif_JPEG_420

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ खोरियाटोलमा चन्द्रनगर गाउँपालिकाका पूर्व अध्यक्ष महेन्द्र महतो सुडी सवार भारतीय स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी ४५ वर्षीय मनोज महतो रहेका छन् । 

आज बयलबास भेल्ही सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ बैयलबास जाँदै गरेको मृतक मनोज सवार ज २ प ६४५२ नम्बरको मोटरसाइकललाई उत्तर दिशाबाट दक्षिण बबरगंज तर्फ जाँदै गरेको पूर्व गाउँपालिका अध्यक्ष सुडी सवार बिआर ३९ पि २४५९ नम्बरको भारतीय स्कारपियोको ठक्करबाट मृतक मनोज गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका मनोजको उपचारको लगि बर्दिबास लादै गरेको समयमा बाटैमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

महतोको मृत्यु भएपछि स्थानीय तथा मृतकका आफन्त टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले पूर्व गाउँपालिका अध्यक्षलाई पक्राउ गरी कारबाही गर, महेन्द्र महतो मुर्दावाद लगायतको नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । चन्द्रनगर गाउँपालिकाका स्थानीय अजय महतोले पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतो सुडी सुनियोजित तरिकाले घटना घटाएको बताउनुभयो । पूर्व अध्यक्ष सुडी र मृतकको गाउँ एउटै भएको हुँदा पुरानो व्यक्तिगत रिसिइवीले आफ्नो दिशा छोडेर मोटरसाइकल भएको दिशामा स्कारपियो ल्याई मनोजलाई ठक्कर दिई हत्या गरेको बताउनुभयो । उहाँको अनुसार पूर्व गाउँपालिका अध्यक्ष सुडीलाई कारबाही नगरुन्जेल सम्म चक्काजाम हुने बताउनुभयो ।

Exif_JPEG_420

प्रत्यक्षदर्शी जैशले अध्यक्ष महेन्द्र महतो सुडी सवार स्कारपियो आफ्नो दिशा छोडेर मृतक मनोजले मोटरसाइकल गुडाइरहेको दिशामा आएर ठोकेपछि ठुलो आवाज आएको बताउनुभयो । अर्का प्रत्यक्षदर्शी प्रदीप चौधरीले स्कारपियोले मृतक सवार मोटरसाइकललाई ठक्कर दिँदा ठुलो आवाज आएको र घटनास्थलमा पुग्दा मृतकको तिघ्राको मासु र हाड छुटिएको बताउनुभयो ।

मोटरसाइकललाई ठक्कर दिने स्कारपियो चालक भागेको प्रहरीले खोजतलास गर्दा बबरगंज स्थित रामजानकी मठ अगाडि स्कारिपियो बेवारिसे अवस्थामा छोडेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । फरार व्यक्तिहरूको खोजी कार्य गर्दा स्कारपियो चालकलाई नियन्त्रणमा लिइएको एसपी सुवेदीले बताउनुभयो । अहिले स्कारपियो तथा स्कारपियो चालक र मोटरसाइकल ईलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा राखिएको र अन्य अनुसन्धान कार्य भइरहेको एसपी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button