तपाईँ सुन्दै हुनुहुन्छः

टोप्का भीरमा बन्यो रेलिङसहितको सजिलो बाटो 

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर ८ मा रेलिङ सहितको बाटो निर्माण भएको  छ । बाटोको मङ्गलवार क्षेत्र  नम्बर १ बाट प्रतिनिधि सभा सदस्य एवम् माओवादी केन्द्रका नेता माधव सापकोटाले उद्घाटन गर्नुभयो  । 

टोप्का बसेरी रेलिङसहितको बाटो माओवादी उपाध्यक्ष एवम् निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको २५ लाख बजेटमा निर्माण सम्पन्न  भएको  हो । ढलान र ढुङ्गा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयले बताएका छन् । जमा ४ सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भीरको बाटोमा रेलिङ बनेपछि हिँड्न सजिलो भएको स्थानीय तारानाथ पराजुलीले बताउनुभयो  । 

बाटो हिँड्दा रिंगटा लाग्ने टोप्का भीरबाट आफूले जानेदेखि ५ जना मानिस लडेर मृत्यु भएको सम्झँदै ६७ वर्षका पराजुलीले बाटोको पहल गर्ने  नेता र प्रदेश सरकारप्रति धन्यवाद दिनुभयो । स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै पालिका भित्रमा अप्ठेरो बाटो रहेको  स्थानीय सुवास तामाङले बताउनुभयो ।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गा तामाङ प्रवेशले बाटोले स्थानीयलाई  सहज भएको बताए । वडा नम्बर ८ का अध्यक्ष रमेश कुमार श्रेष्ठले गुणस्तरीय बाटो बनेको सुनाउनुभयो । अहिले बाटो प्रयोग गरेर मोटर साइकल समेत ओहोर दोहोर हुने  भएको  छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button