तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइने

काठमाडौँ । सरकारले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

सिंहदरबार स्थित गृह मन्त्रालयमा आज लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आयोजित मूल आयोजक समितिको बैठकले सप्ताहव्यापी रुपमा जिल्ला स्तरीय, प्रदेश र केन्द्रमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिने निर्णय गरेको छ ।

मन्त्रालयले दिवसलाई सचेतनामूलक र सन्देशमूलक कार्यक्रमका रुपमा सम्पन्न गर्न सरोकारवाला सम्पूर्ण निकाय, संघसंस्थालाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button