महाकाली सिचाइ व्यवस्थापनद्वारा अतिक्रमण लगत सङ्कलन सुरु

कञ्चनपुर । महाकाली सिचाइ व्यवस्थापन कार्यालय अन्तरगत मुल नहरमा अतिक्रमण लगत सङ्कलन कार्य सुरु गरिएको छ ।
विभिन्न बहानामा सिचाइ मुल नहरको जग्गामा कब्जा गरि घर टहरा र पक्की संरचनाहरू समेत निर्माण गरिए पछि व्यवस्थापन कार्यालयले आजबाट रेखाङ्कन सुरु गरिएको हो ।
आज गड्डाचौकी बर्डरवयर देखि शिवमन्दिर सम्म कार्य रेखाङ्कन र लगत सङ्कलन गरेको र यो कार्य दोस्रो चरणको सिचाइ नहर बेल्डाडि सम्म गरिने व्यवस्थापन कार्यालयका प्रमुख तारा दत्त भट्टले बताउनुभएको छ ।
उहाँले लगत र रेखाङ्कन पश्चात् संरचना हटाउन लगाउने र अटेर गरिए नियमअनुसार गरिने समेत बताउनुभयो । सो कार्यमा उपभोक्ता समिति र अन्य सरोकारवालाहरुले पनि सहयोग गरेको बताउनुभएको छ ।










प्रतिक्रिया राख्नुहोस्