बाखमुतलाई रुसी नियन्त्रणबाट मुक्त गर्न युक्रेनी सेनाकाे प्रयास जारी

काठमाडौ । रुसले कब्जा गरेको पूर्वी युक्रेनी सहर बाखमुतलाई रुसी नियन्त्रणबाट मुक्त गर्न युक्रेनी सेनाले चारै तर्फबाट घेरा हाल्न सुरु गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेनी उपरक्षामन्त्री हाना मालिएरले बाखमुत सहर अहिले भीषण युद्धको चपेटामा परेको बताउनुभयो ।
युक्रेनले लामो समयदेखि बताउँदै आएको रुसमाथिको प्रतिआक्रमण अन्तर्गत बाखमुत कारबाही हो वा होइन भन्ने बारे अधिकारीहरुले स्पष्ट नपारेको बिबिसीले उल्लेख गरेको छ ।
रुसले भने पूर्वी युक्रेनी क्षेत्रमा आफ्नो सेनाले युक्रेनी आक्रमणलाई निस्तेज गरेको दाबी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्