तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी मादेन वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कारबाट सम्मानित

काठमाडौँ । रेडियो नेपालकर्मी बालिका मादेन वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित हुनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा बन तथा वातावरण मन्त्रालय, वातावरण विभागद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच मादेनलाई नगद रु ५० हजारसहित वातावरण विभागले सम्मान गरेको हो । 

नेपाली पत्रकारितामार्फत वातावरण संरक्षणको क्षेत्रमा लामो समयदेखि सक्रियताका साथ कलम चलाउँदै आउनुभएका मादेनलाई वातावरण विभागले कामको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरेको हो । 

वातावरण विभागद्वारा स्थापित वातावरण प्रवद्र्धन पुरस्कार–२०७९ बाट पुरस्कृत भएपछि यस क्षेत्रमा कलम चलाउन थप प्रेरणा मिलेको पत्रकार मादेनको भनाई छ । उहाँ रेडियो नेपालको समाचार महाशाखा अन्तर्गत  रिपोर्टिङ  शाखामा कार्यरत हुनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button