नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो ।
बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल हुने बताइएको छ । एमालेले आगामी असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।
मंसिरमा भएको संसदिय निर्वाचन र हालै भएको उपनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि एमाले अहिले संगठन विस्तार एवं सुदृढिकरण अभियानमा केन्द्रित छ ।








प्रतिक्रिया राख्नुहोस्