तपाईँ सुन्दै हुनुहुन्छः

मोदी र लाहाचोक सबस्टेशनको निर्माण अन्तिम चरणमा

रोशन तिवारी, पर्वत । नयाँ मोदी लेखनाथ प्रसारण लाईनमा पर्ने न्यु मोदी र लाहाचोक सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

पर्वतको मोदीगाउँ पालिका वडा नं २ देउपुर स्थित न्यु मोदी सबस्टेशन र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ लाहाचोक स्थित सबस्टेसनको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सकिएको हो ।

१३२ केभी क्षमताको न्यु मोदी सबस्टेशनको सिभिल तर्फको निर्माण कार्य ९५ प्रतिशत भएको र इलेक्ट्रिक्सतर्फ मेसिन जडानको काम समेत भईरहेकोले ३ महिनाभित्र सबस्टेशनको काम सबै सम्पन्न हुने आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button