डोटी जिसस प्रमूख ऐरले गर्नुभयो अस्पतालमा नै पुगेर रक्तदान

डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमूख रामबहादुर ऐरले सिभर एनिमिया ९जटिल रक्त अल्पतालका बिरामीलाई अस्पतालमै पुगेर बिहिबार रक्तदान गर्नु भएको छ ।
दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचाररत डोटीको सायल गाउँपालिका वडा नं। ५ घोघातलका ५९ वर्षिया सगरी साउदलाई उहाँले एक पिन्ट रक्तदान गर्नुभएको हो ।
लामो समयदेखि दिसाबाट रगत बग्ने समस्या भएका साउद बुधबार शैलेश्वरी अस्पता भर्ना हुनुभएको थियो । उहाँलाई तीन पिन्ट जति ब्लडको आवश्यक परेको थियो ।

सायल गाउँपालिका ५ मै घर भएका नेकपा डोटीका नेता तथा नेपाल भ्रमण वर्ष २०२० सुदूरपश्चिम प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति सदस्य समेत रहनु भएका तेज डुम्रेलले सामाजिक सञ्जालमा बिरामी साउदलाई ‘ए पोजेटिभ रगत’को आह्वान गरेपछि जिसस प्रमूख ऐरले अस्पतालमै पुगेर रक्तदान गर्नुभएको हो ।
त्यस्तै डोटीको सामुदायिक रेडियो त्रिवेणी एफएमका समाचार वाचक किरण धामी र दिपायलका स्थानीय तारा खत्रीले पनि १र१ पिन्ट रगत दान गर्नुभएको छ ।

निकै अप्ठेरोमा परेका बिरामी साउदलाई अहिले ब्लड दिन शुरु गरिसकिएको शैलेश्वरी अस्पतालका सञ्चालक आईजङ्ग कुँवरले जानकारी दिनुभयो ।
आन्द्रामा प्वाल परेर दिसामा रगत बगिरहेकोले साउदको अवस्था नाजुक रहेको र चाहिए जति रगत पाईसकेको हुँदा अब उपचार सम्भव रहेको कुँवरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्