तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १० महिनामा १२ जनाको हत्या, अधिकांश घटनामा आफन्त संलग्न

भद्रपुर, झापा । झापामा पछिल्लो १० महिनामा घरेलु हतियारको प्रयोग गरी १२ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा १२ जनाको हत्या भएको हो । अधिकांश घटनामा आफन्तकै संलग्नता रहेको तथ्याङ्कले देखाएको छ ।

हत्या गरिएका १२ घटनामध्ये पाँचजना आफ्नै श्रीमानबाट मारिएका छन् । सामान्य घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानीय तहमा शिशुदेखि बृद्धबृद्धासम्मको हत्या श्रीमान्,  छोरा, आफन्त, छिमेकी र बुहारीलगायतबाट भएको प्रहरीको भनाइ छ ।

घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शङ्का, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागुऔषधका कारण हत्याका घटना भइरहेको अनुसन्धानका क्रममा देखिएको प्रवक्ता रिजालको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button