तपाईँ सुन्दै हुनुहुन्छः

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक सर्वसम्मतीले पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७६ लाई सर्वसम्मतीले पारित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ लाई पारित गरियोस भनि सदन समक्ष प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी बैठकले नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले संविधानले व्यवस्था गरेको मैलिकहल एवं राज्यका निर्देशक सिद्धान्त र नीतिको कार्यान्वयनमा एक रुपता ल्याउनका लागि नीति अनुसन्धान प्रतिष्ठान आवश्यक रहेको बताउनुभयो ।

अर्थ मन्त्री डा. खतिवडाले यो प्रतिष्ठानले राष्ट्रिय योजना आयोगलाई योजना बनाउनुभन्दा अघि पृष्ठ पोषण गर्न सक्ने र प्रादेशिक योजना आयोगलाई समेत सहयोग गर्ने बताउनुभयो ।

अहिले भएका विभिन्न प्रतिष्ठानहरु छुट्टै कानूनबाट बनेका संस्था नभएकाले निरन्तर अध्ययन अनुसन्धान गरी सुझाव दिनका लागि विषय विज्ञसहितको स्थायी संस्था आवश्यक भएकाले प्रतिष्ठान विधेयक ल्याउन लागिएको उल्लेख गर्नुभयो ।

अर्थ मन्त्री डा. खतिवडाले मुलुक र सरकार दुवैका लागि यो प्रतिष्ठान त्जष्लप त्बलप इचनबलष्शबतष्यल का रुपमा रहने उल्लेख गर्नुभयो ।

यसअिघ विधेयका सम्वन्धमा भएको छलफलमा सांसदहरुले नीति अनुसन्धान प्रतिष्ठानले स्वतन्त्रपूर्वक काम गर्न सक्ने वातावरण बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक यही पुस २७ गते आइतबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button