तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीका नवनियुक्त तीनमन्त्री तथा मुख्यन्याधिवक्तको शपथग्रहण तयारी

रुपन्देही ।लुम्बिनी प्रदेशमा सोमबार नियुक्त भएका तीन मन्त्री तथा मुख्यन्याधिवक्तालाई सोमबार शपथ ग्रहण हुने भएको छ ।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार दाङबाट निर्वाचित नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्य, रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त तथा यसअघि विनाविभागी मन्त्री बनेका दुई मन्त्रीको समेत कार्यविभाजन गर्नुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनका प्रेस सल्लाहकार गुनाराम घिमिरेले सोमबार ४ बजे नवनियुक्त मन्त्री तथा मुख्यन्याधिवक्ताको हपथग्रहण बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमै हुने जानकारी दिनुभयो ।मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की आर्थिक मामिला, कांग्रेसका राजु खनाल स्वास्थ्य, लोसपाका सन्तोषकुमार पाण्डे आन्तरिक मामिला, कानुन तथा सहकारी, उन्मुक्तिका धर्मबहादुर भौतिक पूर्वाधार विकास, जनमतका चन्द्रकेश गुप्ता सामाजिक विकास, लोसपाका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

यसअघि बैशाख १५ मा मन्त्री बनेका धनबहादुर मास्की केही दिनअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी संहाल्नुभएको छ भने उहाँसँगै मन्त्री बन्नुभएका सन्तोष पाण्डेय आन्तरिक मामिला र धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आजै पाउनुभएको छ ।

मुख्यमन्त्री चौधरीले सोमबार नै वरिष्ठ अधिवक्ता डा. बुद्धबहादुर थापा क्षेत्रीलाई मुख्यन्याधिवक्ता नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button