पोखराको रत्न मन्दिर जेठ १५ बाट सर्वसाधारणका लागि खुल्ला गरिने

पोखरा । पोखराको लेकसाइडमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ ।
यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिरसँगै हिमा गृह पनि सर्वसाधारणका लागि खुला गर्ने तयारी भएको हो ।
पोखराका स्थानीय र पर्यटन व्यवसायीले रत्न मन्दिर र हिमागृह खुला गर्न बारम्बार माग गरेता पनि खुला हुन सकेको थिएन् । मन्दिर परिसर सर्वसाधारणका लागि खुला हुने भए पनि मुख्य भाग भने अहिले नै खुला नहुने बताइएको छ । यसको मुख्य भवनमा ११ कोठा छन् भने नेपाल ट्रष्टको नाममा कास्कीमा १ सय ७४ रोपनी जग्गा छ ।
रत्न मन्दिर पूर्व राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने ठाउँ हो । यसको स्वामित्व नेपाल ट्रस्टमा आए पनि अहिलेसम्म यो सर्वसाधारणको लागि खुला भएको छैन । र
राजतन्त्र हटेको डेढ दशकपछि रत्न मन्दिर खुला गर्न लागिएको हो । उक्त रत्न मन्दिरको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अवलोकन गर्दै गणतन्त्र दिवसको अवसर पारेर मन्दिर खुला गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्