सिलिण्डर लोड गरेको ट्रकले ठक्कर दिँदा चितवनमा स्कुटर सवार एक जनाको मृत्यु

चितवन । चितवनमा ग्याँस सिलिण्डर लोड गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २० का सागर तामाङ रहेका छन् भने, पछाडि बस्ने सोही ठाउँका विशाल ढकाल गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ११ बजेर ४० मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित टिकौली जङ्गलमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ना४ख ६६७४ नं को ग्यास सिलिण्डर लोड ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नं.को स्कुटरलाई पछाडि बाट ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते उनीहरूको उपचारको क्रममा तामाङको मध्यान्ह साँढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढकालको गम्भीर अवस्थामा उपचार भइरहेको छ । ट्रक चालक जिल्ला तनहुँ घुमाउने नगरपालिका वडा नम्बर .४ बस्ने ढक बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्