महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण
चितवन । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सामग्री हस्तान्तरण गर्दै दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । प्रहरीलाई आवश्यक सहयोग र परामर्श गर्दै आएको बताउँदै उहाँले प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
वर्षा लगायत विपद्का समयमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । प्रहरी कार्यालयका प्रमुख कार्कीले सहयोग स्वरूप प्रदान गरिएको सामग्रीको सही उपयोग हुने बताउनुभयो । कार्यक्रममा लक क्यारोविन, वयस्ट हार्नेस, टेप सिलिङ, स्मल ड्राई ब्याग, वाटर ग्लास लगायतका २२ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो । रु छ लाख ६६ हजार तीन सय ८३ बराबरको सामान खरिद गरि हस्तान्तरण गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्