तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका किसान स्याउ खेतीमा आकर्षित

बाजुरा । बाजुराका किसानहरू पछिल्लो समय  स्याउ खेतीमा आकर्षित  हुन थालेका छन्। परम्परागत खेतीपाती भन्दा स्याउ खेती बाट मनग्य आम्दानी हुन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित हुन थालेका हुन्।

कृषि ज्ञान केन्द्र बाजुराले अनुदान कार्यक्रम मार्फत जिल्लामा उत्पादित स्याउ देशका विभिन्न सहरमा बिक्री वितरणका लागि पठाउन  थालेपछि स्याउ खेतीमा  किसानको आकर्षण बढ्दै गएको हो । यसअघि बाजुरामा उत्पादन गरेका स्याउले बजार नपाउँदा किसानहरू स्याउ खेती बाट हैरान थिए, बजार नपाएकै कारण किसानहरूले स्याउ  गाई गोरुलाई खुवाउनु पर्ने अवस्था थियो । 

कृषि ज्ञान केन्द्र बाजुराले जब अनुदानमा किसानको बारीबाटै स्याउ ढुवानीका कार्यक्रम सञ्चालन गर्‍यो अनि किसानहरू ढुक्क सँग स्याउ खेतीमा लाग्न थाल्यौँ, जुकोटका स्याउ कृषक पुरेन्द्र शाहिले बताउनु भयो । अहिले बाजुरामा उत्पादन भएको स्याउ देशका विभिन्न सहरमा बिक्री हुन थालेपछि किसान हर्षित हुँदै  स्याउ खेती तर्फ लाग्न थालेका हुन् । 

कुनै दिन गाउँमा स्याउ धेरै उत्पादन गरेपनि त्यसले कतै बजार नपाउँदा स्याउ खेती प्रति दिक्दार भएका किसान अहिले फेरी नयाँ स्याउ उत्पादनमा चाँसो बढाउन थालेका कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशीले बताउनु भयो । जिल्ला स्थित स्थानीय तहले पनि स्याउ खेतीलाई प्राथमिकता दिन थालेपछि  किसानलाई त्यसतर्फ लाग्न झन् प्रेरित गरेको छ। 

बाँझो जमिन सदुपयोग गर्ने गरी विभिन्न स्थानीय तहले समेत किसानलाई स्याउ खेतीमा लाग्न प्रोत्साहित  गर्दै आएका छन् । पहिले बाजुराको स्वामिकार्तिकखापर गाउँपालिका र, जगन्नाथ गाउँपालिका र बुढीनन्दा, नगरपालिकाका उच्च भेगमा मात्र स्याउ उत्पादन हुने गरेको थियो भने अहिले हिमाली गौमुल र खप्तडछेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा १ सय ७० हेक्टर जमिनमा १ हजार २० मेट्रिकटन स्याउ किसानले उत्पादन गर्ने गरेका कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिन प्रसाद जैसीले बताउनुभयो ।

पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको स्याउ समेत उत्पादन हुने गरेको छ । विगतका केही वर्षयता मात्रै बाजुरामा उत्पादन भएको झण्डै ६ सय मेट्रिकटन  स्याउ देशका विभिन्न सहरमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button