नेपाल प्रेस युनियन दोलखाको अध्यक्षमा काफ्ले
दोलखा । नेपाल प्रेस युनियन दोलखाको नवौँ जिल्ला अधिवेशनले गोरखापत्र दैनिकमा कार्यरत पत्रकार सुजन काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा उपेन्द्र सुवेदी, महिला उपाध्यक्षमा सुशीला कार्की, सचिवमा सुवास बस्नेत, सहसचिव खुलामा प्रेम तामाङ र कोषाध्यक्षमा कृष्णप्रसाद भण्डारी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा हरि खत्री, बाबुराम थापा, शिव सापकोटा, भीष्म खड्का, पर्शुराम जोशी र ईश्वर वल्लभ थापा चयन भएका छन् ।
नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशङ्कर चौंलागाँइको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान, केन्द्रीय प्रतिनिधि रमेश ढुङ्गेल, नेपाल पत्रकार महासङ्घ दोलखाका सचिव दिल बहादुर केसी, नेपाल प्रेस युनियनका बागमती प्रदेश सचिव राजन बस्नेत, ट्रेड युनियन कांग्रेस दोलखाका अध्यक्ष शम्भु गौतम र नेपाल प्रेस युनियन दोलखाका सचिव श्याम खतिवडाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्