तपाईँ सुन्दै हुनुहुन्छः

हिमालय शेर्पा र फ्रेन्ड्स क्लव विचको खेल बराबरीमा सम्पन्न

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग हिमालय शेर्पा र फ्रेन्ड्स क्लव विचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुबैले गोलरहित बराबरी खेले । जसका कारण दुबैले एक एक अंक बाढे । जारी लिगमा फ्रेन्ड्स र शेर्पा दुबै जित विहिन रहेका छन ।

लिगको पुछारबाट दोस्रो र तेस्रो स्थानमा रहेका दुबै टिमका लागि यो बराबरीले झन घाटा लागेको छ । शेर्पाको जारी लिगमा तेस्रो बराबरी हो भने फ्रेन्ड्सको दोस्रो । यसका साथै फ्रेन्ड्सको दुई अंक भएको छ भने शेर्पाको तीन अंक भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button