तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले संसद्मा विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।

बैठक सुरु हुने वित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले बोल्नका लागि समय माग गर्दा सभामुख घिमिरेले समय दिन नमिल्ने भन्दै बैठक अगाडि बढाउनुभएसँगै उक्त दलका सांसदहरुले रोस्टम घेराउ गरी विरोध गर्नुभएको थियो । उहाँहरुले भ्रष्टाचारविरुद्ध संसद्मा बोल्न पाउनुपर्ने माग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button