मधेश प्रदेश सभाको बैठक जेठ २ गते बस्ने

जनकपुरधाम । आगामी जेठ २ गते मधेश प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवका जेठ २ गतेका लागि आह्वान गरिएको जानकारी दिनु भएको छ ।
उक्त बैठकमा चारवटा विधेयक पेश गर्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी विधेयक प्रदेशसभामा पेश गरिने भएको छ । अघिल्लो सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको पालामा उक्त विधेयक तयार पारिएको थियो ।
त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पेश हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले जानकारी दिनु भएको छ । त्यस्तै बैठकमा समसामयिक विषय पनि समावेश गरिने तयारी रहेको भएको छ ।
लामो समयपछि प्रदेश सभाको बैठक बस्न लागेको छ । प्रदेश सभाको चुनाव भएपछि निक्कै कम मात्रामा बैठक बस्न सकेको छ । प्रदेश सरकारले प्रदेश सभालाई बिजनेस नदिएका कारणले कम मात्रामा बैठक बसेका थिए ।








प्रतिक्रिया राख्नुहोस्