तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्यादेश पेश गर्नुभएको हो ।

यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यादेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button