तपाईँ सुन्दै हुनुहुन्छः

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौँ ।  सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । 

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button