तपाईँ सुन्दै हुनुहुन्छः

लेखा समिति बैठक : सुरक्षण मुद्रण प्रेस (सेक्युरिटी प्रेस) को विषयमा थप अधययन र छानविन गर्ने

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले सरकारले नेपालमा भित्र्याउन लागेको सुरक्षण मुद्रण प्रेस (सेक्युरिटी प्रेस) को विषयमा थप अधययन र छानविन गर्ने भएको छ ।

बैठकमा सहभागी सांसदहरुले सुरक्षण मुद्रण प्रेस नेपालमा स्थापना गर्न सक्दा राम्रो हुने र नेपालको ठूलो रकम विदेशिनबाट रोकिने भए पनि प्राविधिक विषय भएकोले थप छानविन गरी अघि बढन सुझाव दिनु भएको थियो ।

सरकारले पासपोर्ट, राष्ट्रिय परिचयपत्र, अन्तशुल्क स्टिकर, चेक, लगायतका संवेदनशील सामग्री उच्च सुरक्षा निगरानीमा स्वदेशभित्रै छाप्ने र ठूलो रकम विदेशीनबाट रोक्ने उद्देश्यले सेक्युरिटी प्रेस भित्र्याउने तयारी गरेको छ ।

बैठकमा सुरक्षण मुद्रण प्रेस क्षेत्रका केही विज्ञहरुलाई बोलाएर छलफल भएको थियो बैठकमा सहभागी विज्ञहरु विजयप्रकाश मिश्र र सुदीपराज पाण्डेले विना प्रतिस्पर्धा फ्रान्सेली कम्पनीलाई सेक्युरिटी प्रेसको जिम्मा दिँदा भ्रष्टाचार हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

नेपाल सरकार सूरक्षण मुद्रण केन्द्रले आव्हान गरेको जिटुजि प्रस्तावमा सुरक्षण मुद्रण प्रेस तथा उपकरणहरु उपलब्ध गराउनका लागि जर्मनी र फ्रान्सेली कम्पनीले प्रस्ताव गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको यही पुष ७ गतेको बैठकले सुरक्षण मूद्रण सम्बन्धी उपकरणहरु जिटुजी विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button