तपाईँ सुन्दै हुनुहुन्छः

भलिबल खेललाई नै राष्ट्रिय खेलको मान्यता

काठमाडौँ । प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले भलिबल खेललाई नै राष्ट्रिय खेलको मान्यता दिएको छ ।

खेलकुदको बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा सरकारले चाहेको खण्डमा जुनसुकै खेललाई पनि राष्ट्रिय खेल निर्धारण गर्न सक्ने बिकल्पसहित हाल भलिबल खेललाई नै राष्ट्रिय खेलको मान्यता दिने कुरामा सहमति जुटेको हो ।

बैठकले कुनै पनि खेलकुद प्रतियोगिताको आयोजना गर्दा मदिरा र सुर्तिजन्य पदार्थलाई प्रायोजक राख्न नहुने कुरालाई सर्वसम्मत् पारित गरेको छ ।

आवश्यक भाषा मिलान गर्ने गरी खेलकुदको बिकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button