दलको नेतामा सभापति लामिछानेलाई चयन गर्न संसदीय दललाई निर्देशन दिने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने भएको छ ।
पार्टी कार्यालय बसुन्धारामा आज बसेको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेतामा पुनः सभापति लामिछानेलाई चयन गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिनुभयो ।
यसअघि संसदीय दलको नेता रहनुभएका उपसभापति डोलप्रसाद अर्याल (डिपी अर्याल)ले पदबाट राजीनामा दिएपछि लामिछानेलाई पुनः दलको नेता चयन गर्न निर्देशन दिएको पनि प्रवक्ता डा.ढकालले जानकारी दिनुभयो ।
पार्टीको आजै बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा छलफल भए पनि आगामी शुक्रबार बस्ने पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ठोस निर्णय गर्ने पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्