राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । माघ ९ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उ जुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन दर्ता गराएका कुनै व्यक्ति उम्मेदवार हुन अयोग्य भएको कसैलाई लागेमा उनीहरुले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न सकिने छ ।
उम्मेदवारको वि रोधमा आज बिहान १० देखि दिउँसो ४ बजेसम्म उजुरी गर्न सकिनेछ। भोली (मंगलबार) उम्मेदवारको मनोनयनपत्र र उजुरी जाँचबुझ गरी पर्सी (बुधबार) नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
यस्तै, पुस २४ गते उम्मेदवारलाई नाम फिर्ताको समय दिइएको छ। पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सोही दिन निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्