झापाको गौरादहमा एक महिलाको रहस्यमय मृत्यु

भद्रपुर, झापा । झापाको गौरादहमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
गौरादह–१ स्थित नवदुर्गा पेट्रोल पम्पनजिक दुर्गा प्रसाईँकी श्रीमती सुमित्रा प्रसाईँ हिजो साँझ झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।
इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख चन्द्रिकाकुमार श्रेष्ठले प्रर्सांलाई झुण्डिएको अवस्थामा फेला पारिए पनि घटना आत्महत्या नै हो भन्ने अहिले नै भन्न नसकिने बताउनु भयो । सुमित्राले आफ्नै कोठामा गलामा पासो लगाएर झुण्डिएको परिवारले बताए पनि प्रहरी पुग्दा पासो काटिएको अवस्थामा रहेकोले घटना शङ्कास्पद भएको उहाँको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दमकले घटना आत्महत्या हुनसक्ने तर पोस्टमार्टम रिपोर्ट नआई केही भन्न नसकिने जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्