तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा काँग्रेसको प्रमुख सचेतकमा विष्ट

कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई  चयन गरिएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिनुभयो ।

विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button