तपाईँ सुन्दै हुनुहुन्छः

घाँस काट्न गएकी महिला बाघको आक्रमण परि बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घाँस काट्न गएकी महिलामाथि बाघले आक्रमण गरेको छ ।

शुक्रबार बिहान ११ बजेको समयमा बारीमा घाँस काट्न गएकी स्थानीय गंगा चन्दमाथि बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । मान्छे नभेटिएकाले अहिले सो क्षेत्रमा प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button