तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उहाँहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, प्रधानसेनापति शर्माले  सहायक रथीबाट उपरथीमा बढुवा हुनुभएका सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।

मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय अनुरुप उपरथीमा बढुवा हुनु भएका सिल्वाललाई सैनिक मुख्यालयले सैनिक इन्टेलिजेन्स महानिर्देशकको जिम्मेवारी दिएको छ ।

महारथी शर्माले प्रमुख सेनानीबाट पदोन्नति भएका तीन महासेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button