उद्योग वाणिज्य महासंघको निर्वाचन : वरिष्ठ उपाध्यक्ष पदको मतगणना सुरु
एसोसिएटतर्फ ज्योत्सना,नगरतर्फ सुरकृष्ण र वस्तुगततर्फ हेमराज विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना सुरु भएको छ । जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।
वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ उम्मेदवार रहनुभएको छ ।
उता एसोसिएटतर्फको उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ । वैद्य रामचन्द्र संघई समूहबाट उठ्नुभएको थियो ।
वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकालले विजयी हुनुभएकाे छ । उहाँ वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लड्नुभएकाे थियाे ।








प्रतिक्रिया राख्नुहोस्