तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी सत्ता साझेदार १० दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदा र मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन बुधबार बिहान भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठकमा सहमति जुट्न नसकेपछि दिउँसो ३:०० बजे पुन: बस्ने गरी नेताहरू बालुवाटारबाट बाहिरिनुभएको छ ।

मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा हुनुभएकाे थियाे। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button