धनकुटामा आगलागी हुँदा १ करोड बढीको क्षति

धनकुटा । धनकुटामा भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको छ । धनकुटा नगरपालिका वडा नं. ७ हुलाकटोलमा रहेको जनविश्वास अफसेट प्रेसमा विद्युत् सर्ट भएर आगलागी हुँदा ५५ लाख भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका २ सान्नेटारमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । मङ्गलवार बिहान साढे ६ बजे आगलागी भएको जनविश्वास प्रेसमा ग्राहक अडरका सामाग्री र नयाँ कागज लगायतका आवश्यक वस्तु सम्पुर्ण जलेर नष्ट हुँदा अन्दाजी ५५ लाख भन्दा बढी क्षति भएको हो । प्रेस सञ्चालक होम नेम्वाङका अनुसार आफूलाई छरछिमेकले फोन गरेपछि मात्र थाहा भएको बताउनु भयो। उहाँले आगलागीबाट अफसेट प्रेस भएको कोठाको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको बताउनु भयो ।

आगो बिहान उज्यालो भएर लागेको कारण चाँडै स्थानीयले देखेकाले नियन्त्रण गर्न सहज भएको थियो । आगलागी नियन्त्रणका लागि धनकुटा नगरपालिकाको २ वटा दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लागेर नियन्त्रणमा लिएका थिए । आगलागीको कारण प्रेस अर्थात् छापाखानाको कुनै पनि सामान प्रयोगमा नआउने गरी जलेको सञ्चालक नेम्वाङले बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई र होम नेम्वाङ्ग जनविश्वास अफसेट प्रेस सञ्चालक रहनु भएको थियो । प्रेसमा आगलागी भएपछि धनकुटाबाट प्रकाशन हुने पत्रिका प्रकाशनको लागि समस्या हुने भएको छ। धनकुटा प्रकाशित सबै पत्रिका जनविश्वास प्रेसमा प्रकाशन हुँदै आएको नयाँ नेपाल विचार साप्ताहिकका प्रकाशक तिलकप्रसाद राईले बताउनु भयो।

यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका २ सान्नेटारमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । स्थानीय धर्मदेवी सालबोटे सामुदायिक वनबाट आगलागी भई गाउँमा पस्दा ४ वटा घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय राजकुमार कट्टेल, चेत बहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको ढुङ्गा माटो र काठ र खरको छानोले बनेको घर जल्दा ५० लाख बराबरको क्षति भएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
स्थानीय धर्मदेवी सालबोटे सामुदायिक वनमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको आगो पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।









प्रतिक्रिया राख्नुहोस्