तपाईँ सुन्दै हुनुहुन्छः

रोटरी क्लब अफ धुलिखेलले मनायो विश्व पानी दिवस

धुलिखेल रोटरी क्लबले २४ मार्च अर्थात विश्व  पानी दिवसकाे अवशरमा होटल होराइजनमा एक कार्यक्रम गरेकाे छ। कार्यक्रममा तीन नगरका प्रमुख पानी सम्बन्धी विज्ञ रोटेरियन र पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व धुलिखेल रोटरीका अध्यक्ष जिवनकाजी मकाजुले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्यको बारेमा माणिक लाल कालु श्रेष्ठले जानकारी दिनु भएको थियो। आफु कर्मचारी हुँदाको पानीबारेको समस्या, आफु रोटरीको सचिव र अध्यक्ष हुँदाको प्रगति, एकिकृत खानेपानीको समस्या बारेमा प्रकाश पार्नु भयो।

 धुलिखेल उपभोक्ता समितिका सचिव श्याम गनेजुले अहिले सो समितिले ३३ सय घर धुरीलाई करिब १६ लाख लिटर पानी वितरण गरिरहेको जसमा ३ लाख लिटर बोरिङबाट ३ लाख जङ्गलबाट र १० लाख लिटर जर्मनको सहयोगबाट निर्मित आयोजनाबाट  दैनिक १ देखि २ घण्टा वितरण गरिरहेको जानकारी दिनुभयो। दैनिक माग बढिरहेको र पानीको श्रोत घटिरहेकोले चिन्ता व्यक्त गर्दे सचिव गनेजुले वडामा नै बोरिङ गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो। अहिले धुलिखेलको जङ्गलमा ६५ वटा पानी रिचार्जिङ पोखरी रहेको र आफु सचिव निर्वाचित भए पश्चात् सेनाको सहयोगमा सफा गरेको जानकारी दिनु भयो। नगरका विज्ञका अनुसार धुलिखेलमा डिप ट्युबवेल उपयुक्त नभएको प्रशोधन खर्च उच्च भएकोले एकिकृत खानेपानी नै समाधान रहेको जानकारी गराउनु भयो।

 नेपाल खानेपानी संस्थाका बनेपाका इन्जिनियर राम चन्द्र लामिछानेका अनुसार बनेपा हाल ५२ लाख लिटर दैनिक पानीको माग रहेकोमा मुश्किलले १० लाख लिटर पानी हप्ताको एक दिन उपलब्ध गराइरहेको जानकारी गराउनु भयो।हाल नजरमा क्लोरिनेशन विधिबाट मात्र पानी प्रशोधन गर्ने भएकोले बर्खाको पानी प्रशोधन गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्नु भयो।  पानी श्रोत र सिचाई विभागका प्रतिनिधिले जमिनको पानी यस उपत्यकामा कम रहेकोले पानी रिचार्ज प्रणालीमा जोड दिनु भयो। पहिला मनसुन १२० दिन थियो र अहिले घटेर ९० दिन भएको तर पानीको औसत मात्रा समान रहेको र पानीको इन्टेनसिटी बढिरहेको हुनाले पानी जमिनमा रिचार्ज कम भएको बताउनु भयो।अब पानी रिचार्ज एरिया पत्ता लगाउनु पर्ने सो स्थानको रक्षा र अध्ययन गर्नु पर्नेमा जोड दिनु भयो अन्यथा शुद्ध पानीको लागि युद्ध नै हुने चेतावनी दिनु भयो।

 धुलिखेल नगरप्रमुख अशोक बेन्जुले एकिकृत खानेपानी निमार्णको इतिहास समस्या लागत बढ्नुको कारणबारेमा प्रकाश पार्नु भयो।पानी भयो भने मात्र शहरको अर्थ हुन्छ भन्दै प्रमुख बेन्जुले आयोजना पूर्ण भएको खण्डमा १० हजार लिटर पानी रू ३६४ मा वितरण हुने बताउनु भयो।

 बनेपा नगरका प्रमुख शान्ति रत्न शाक्यले एकिकृत खानेपानीमा आफुले धेरै मेहनत गर्दा नि सफल हुन नसकेको र यो आयोजनाको विकल्पमा जोड दिनु भयो। शाक्यले पानीको लागि जति ऋण लिन नि तयार रहेको र रोटरीलाई नि दाता खोजी सहयोग गरिदिन आग्रह गर्नु भयो। पनौती नगर प्रमुख राम शरण भण्डारीका अनुसार ३२ करोड अनुमानित लागतबाट सुरु भएको एकिकृत खाने पानी आयोजना अहिले ९९ करोड पुगेकोले यसको अवस्था दोस्रो मेलम्ची भएकोले यसको दोष जनप्रतिनिधीहरूले लिनु पर्ने बताउनु भयो। कार्यक्रमको सहजीकरण रोटरी धुलिखेलका सचिव मनिष योगलले गर्नु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button