तपाईँ सुन्दै हुनुहुन्छः

उत्तर–दक्षिण जोड्ने सडक बिस्तार सरकारकोे प्राथमिकता : मन्त्री खतिवडा

धनगढी । अर्थमन्त्री डा.युवराज खतिवडाले उत्तर–दक्षिण जोड्ने सडक बिस्तारलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ ।

कैलाली उद्योग बाणिज्य संघद्वारा  आज धनगढीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री खतिवडाले बिकासको अवस्था हेरी स्रोत व्यवस्थापनको शुरुवात गरिएको बताउनुभयो ।

मन्त्री खतिवडाले सुदूरपश्चिम प्रदेशमा अन्र्तराष्ट्रिय नाका सञ्चालनका लागि पहल गरिने उल्लेख गर्दै गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारत सरकार सकारात्मक रहेको बताउनुभयो ।

त्यसैक्रममा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले बिभिन्न मागसहितको ज्ञापनपत्र मन्त्री खतिवडालाई बुझाउनु भएको थियो ।

आजै अर्थमन्त्री खतिवडाले आन्तरिक राजस्व कार्यालयको अनुगमन निरीक्षण गर्नु भई सेवा प्रभावलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग अर्थमन्त्री खतिवडाले भेट गर्नुभएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटघाटमा उहाँहरुबीच बजेट कार्यान्वयनको अवस्थाका बारे छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिबसिंह ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button